• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कास्कीका विभिन्न ठाउँमा पहिराले घर पुरिँदा एकै परिवारका ६ सहित ११ जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडाैं। कास्कीमा विभिन्न ठाउँमा गएको पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गएको छ । 

पोखरा महानगरपालिका–१९ पुरनचौर तल्लाकोट टारीका कुलबहादुर परियारको एकतले ढुङ्गा माटोले बनेको घर  पुरिँदा ६ जनाको ज्यान गएको छ । गए राति १०ः३० बजे तिर खसेको पहिरोले पुरिएर उनीहरूको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । 

घटना परी कूलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार, २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र १५ वर्षीया प्रशना परियारको ज्यान गएको छ । सोही स्थानमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको पनि ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा आरती ओझाको घर पहिरोले पुर्दा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी  रहेका प्रहरीले जनाएको छ । 

यसै गरी कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेमा पहिरोले घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको ज्यान गएको छ । 

 

प्रतिकृया दिनुहोस