चितवनमा पहिरोले दुईवटा बस बगायो
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२८ सिमलतालमा पहिरोले दुईवटा यात्रुवाहक बस बगाएको छ ।
सडकमाथिबाट खसेको पहिथारोले आज बिहान ३ः३० बजे तिर ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ६५ जना बढी यात्रु भएको अनुमान गरिएको छ ।
बसमा रहेका तीन जना यात्रु भने बाहिर निस्कन सफल भएका छन् । घटनास्थलमा प्रहरी पुगेको भए पनि पानी परिरहेकोले उद्धारमा समस्या भएको छ ।
तीनजना बाहिर निस्किएका बसका यात्रु भने काठमाडौं रौतहटको गौरतर्फ जाँदै गरेका भएको बुझिएको छ ।


प्रतिकृया दिनुहोस