• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बागलुङमा पहिरोले घर पुर्दा एकजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । बागलुङमा पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ ।

वर्षाका कारण आएको पहिरोले घर पुरिँदा बागलुङ नगरपालिका–७ तितौरेका ५५ वर्षीया खिलकुमारी शर्माको ज्यान गएको प्रहरीले जनाएको छ । गए राति पहिरोमा पुरिएर उहाँको ज्यान गएको हो । 

एक्लै बस्दै आउनुभएका शर्माको घर गए राति आएको पहिरोले पुरेको थियो ।   आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

 

प्रतिकृया दिनुहोस