बाढी, पहिरोले र डुबानले लियो ७४ जनाको ज्यान, पाँचजना बेपत्ता
काठमाडौं । वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले ७४ जनाको ज्यान लिएको छ ।
प्रहरीका अनुसार घटनामा परी सोमबार दिउँसोसम्म कोशी प्रदेशमा १८ जना, मधेस प्रदेशमा तीनजना, वाग्मती प्रदेशमा पाँचजना, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चारजना र सुदूरपश्चिम प्रदेशमा चारजना गरी ७४ जनाको ज्यान गएको छ ।
बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, वाग्मतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
ती घटनामा परी कोशी प्रदेशमा २१, मधेसमा पाँच, वाग्मतीमा सात, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् ।
बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन् । बाढी पहिरोले ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ पशु चौपाया घटनामा परी मरेका छन् ।


प्रतिकृया दिनुहोस