कञ्चनपुरको पुनर्वासका तीन किशोरीलाई खोलाले बगायो
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा खोलाले बगाउँदा तीन जना किशोरी बेपत्ता भएका छन् ।
स्थानीय राताेखोलाले बगाउँदा खोलामा नुहाउन गएका ती किशोरी बेपत्ता भएका नगरपालिका उपप्रमुख भुलियाकुमारी रानाले जानकारी दिनुभयो । बेपत्ता हुनेमा पुनर्वास– ५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी रहेका छन् ।
खोलामा नुहाउनको लागि चार जना किशोरी गएका थिए । ती मध्ये १२ वर्षकी अञ्जली बोगटी भने फकिएकी उहाँले बताउनुभयो । अन्य तीनजनालाई भने खोलाले बगाएको उहाँले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस