राप्ती नदीले बगाएका दुई जनाको शव भेटियो
काठमाडौं । शनिबार राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी र राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवलाई बगाएको थियो ।
चौधरी लमही–८ बगरापुर गाउँबाट बेपत्ता हुनुभएको थियो । उहाँको शव आइतबार नदीको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट नदीको बाढीले बगाएर बेपत्ता भएका यादवको शव पनि बगरमा फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस