• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

तनहुँको शुक्लागण्डकीमा पहिरो, तीनजना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परी तीनजना बेपत्ता भएको छन् । 

शनिबार दिउँसो गएको पहिरामा परी स्थानीय स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ । आज रात परेकाले भोलि पुनः खोजी कार्य सुचारु गरिने भएको छ । 

 

प्रतिकृया दिनुहोस