बोतलले हानेर बंगलादेशी नागरिकको हत्या
काठमाडौं । नेपाल घुम्न आएका बंगलादेशी नागरिकको हत्या भएको छ । ढाकास्थित मिरपुर क्षेत्रमा घर भएका अहमद मोहम्मद्दीनलाई आफ्नाे बंगलादेशी साथीले ह्वीस्कीको बोतल प्रहार गरी हत्या गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बोतल प्रहारबाट अहमदको मृत्यु भएको बताए ।
अहमद र उनको साथी सोल्टीमोडस्थित ग्राण्डभिल्ला होटलमा सोमबारदेखि बस्दै आएका थिए । मंगलबार दिउँसो ती दुईले सँगै खाना खाएका थिए ।
हत्यापछि होटलबाट भागेका अहमदका साथीको कर्तुत होटलका कामदारले बिहान मात्रै थाहा पाए । बिहान कोठा सफा गर्न जाने क्रममा अहमदको लाश भेटिएपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए ।
घुम्न र क्यासिनो गइ जुवा खेल्न ती बंगलादेशी नागरिकहरु नेपालमा पटकपटक आउने गरेको बोगटीले बताए ।


प्रतिकृया दिनुहोस