• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बाग्लुङमा पहिरोले घर पुरिँदा श्रीमान् र श्रीमतीकाे ज्यान गयाे

खबर स‌ंवाददाता

काठमाडाैं । बाग्लुङमा वर्षापछि आएकाे पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएकाे छ ।

शुक्रबार राति पहिरोले घर पुरिँदा गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएकाे छ ।

पहिराेमा बेपत्ता भएका उनीहरु शनिबार बिहान मृत फेला परेका थिए । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका छन् । उनीहरुकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस