• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रामेछापको खिम्ति बिर्तामा बस दुर्घटना हुँदा १० जना घाइते 

सनराइज खबर

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिनुभयाे। न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ । 

बसमा रहेका सबै यात्रीलाई बाहिर निकालिएको र घाइतेलाई उपचारको लागि खिम्ति प्राथमिक स्वास्थ्य  केन्द्र तथा मन्थली पठाइएको न्यौपानेले बताउनुभयाे । घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयाे ।

बसको बायाँ तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला  प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस