लमजुङ पहिरो : बेपत्ता ४ जना मृत फेला
काठमाडाैं । लमजुङकाे क्व्होलासोथार गाउँपालिका-३ बगुममा मंगलबार राति पहिराेले घर पुरिँदा बेपत्ता भएका ४ जना मृत भेटिएका छन् ।
पहिराेले ३ वटा घर पुरिँदा बेपत्ता भएका ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव बुधबार भेटिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ ।
पहिराेले परिएकाे घरकाे भग्नावशेषबाट प्रहरी र स्थानीयले उनीहरुकाे शव निकालेका हुन् ।


प्रतिकृया दिनुहोस