• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

धादिङमा ट्रक पल्टिँदा ६ जनाको निधन, १५ घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका–८ मा मिनी ट्रक पल्टिँदा ६ जनाको निधन भएको छ । 

ज्वालामुखी गाउँपालिकामा ढोला मण्डलीको दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको ग१ख ८०१२ नम्बरको मिनीट्रक दुर्घटना भएको धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । 

दुर्घटनामा परेर  १५ जना घाइते भएका छन् । ‘घाइतेहरुलाई थप उपचारका लागी काठमाडौं पठाउँदै छौं’ – एसपी रेग्मीले भने – ‘पाँच जनाकाे अवस्था गम्भीर छ ।’ 

घटनास्थलबाट प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल धादिङमा पठाएको छ । मृतकको अहिलेसम्म सनाखत भएको छैन । 

प्रतिकृया दिनुहोस