ओखलढुङ्गाको चिशंखुगढी–५ शेर्नामा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गयो
काठमाडौं । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ । पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् ।
पहिरोमा परी ३५ वर्षीय देवकुमारी खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । गए राति दुई बजेतिर गएको पहिरोले घर बगाएको हो ।
मृतकका पति बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते हुनुभएको छ । उहाँहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस