• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कास्कीमा दुई घर पहिरोले पुर्दा दुई बालबालिकाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । कास्कीमा दुईवटा घर पहिरोले पुर्दा दुई बालबालिकाको ज्यान गएको छ ।  

गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा तीन वर्षीय छोरा अनमोल सुनारको ज्यान गएको छ । घटनामा सुनारकी पत्नी २७ वर्षीय रितु सुनार घाइते हुनुभएको छ । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

हरि र उहाँका नौ वर्षीय छोरी अञ्जलीको भने सकुशल उद्धार गरिएको छ । 

त्यस्तै कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीय आयुष्मा रानाभाटको ज्यान गएको छ । पहिरो परेकी आयुष्माकी हजुरआमा ७० वर्षीय लालमाया बन्जाराको प्रहरीले उद्धार गरेको छ । सो घरमा नातिनी र हजुरआमा मात्र रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस