• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

लमजुङमा पहिरोले तीन घर पुरिए, चार जना बेपत्ता

खबर स‌ंवाददाता

काठमाडाैं । लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । 

मंगलबार राति वर्षापछि आएकाे पहिराेले ३ घर पुरिँदा रुद्रमान गुरुङ, उहाँकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ ।

बेपत्ताहरुको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ । 

मंगलबार राति लमजुङकै बेसीशहर नगरपालिका-११ मा पहिराेमा परेर २ जना घाइते भएका छन् । उनीहरुकाे पहिचान खुल्न बाँकी छ । घाइते भएका दुवैकाे जिल्ला अस्पतालमा लमजुङमा उपचार भइरहेकाे प्रहरीले छ ।

 

प्रतिकृया दिनुहोस