• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

तनहुँमा च्याउ खाँदा ५ जना बिरामी

समाचार

तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन् ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन् । उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस