• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

झापाको शिवसताक्षीमा दुई छोरासँगै आमा पनि मृत फेला  

सनराइज खबर संवाददाता

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा–२ मा शुक्रबार एकै घरमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

दुई नाबालक छोरासहित एक महिला घरभित्रै मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । सोही नगरपालिका–३ की अञ्जली बेस्रा र उहाँका ८ वर्षीय छोरा विशाल बेस्रा र २ वर्षीय आयुष बेस्रा मृत अवस्थामा फेला परेका हुन् ।  

अञ्जलीका श्रीमान् वैदेशिक रोजगारीका क्रममा कतारमा हुनुहुन्छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

 

प्रतिकृया दिनुहोस