• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ताप्लेजुङ फक्ताङलुङको पहिरो : ज्यान गुमाउने चारैजना गाउँपालिका उपाध्यक्षका परिवारका सदस्य 

सनराइज खबर संवाददाता

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका–२ मा गएको पहिरोमा परि ज्यान गुमाउने चार जना सोही गाउँपालिका उपाध्यक्ष परिवार परेका छन् । 

पहिरोले गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूको घर गए राति बगाउँदा घरमा सुतिरहेका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छी आमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरू गङ्गा र जमुनाको ज्यान गएको वडाध्यक्ष भूपेन्द्र चौलागाईँले बताउनुभयो ।  

उपाध्यक्ष साम्रा भने सो घरमा बस्नु हुन्न्थ्यो । उपाध्यक्ष गाउँकै अर्को घरमा बस्दै आउनुभएको थियो । पहिरोले ढुङ्गा माटोको दुई तले घर पुरै बगाएको छ । 

पहिरोले घरमा रहेका ५० वटा बाख्रा, कुखुरा लगायत पशु बस्तु र घरभित्र रहेका सबै सामान बगाएको छ । 

 

प्रतिकृया दिनुहोस