• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नवलपुरकाे कावासाेतीमा ढल खन्ने क्रममा पुरिएर ३ मजदूरकाे ज्यान गयाे

खबर स‌ंवाददाता

काठमाडाैं । पूर्वी नवलपरासी (नवलपुर) काे कावासोती नगरपालिकामा नाला (ढल) निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन जना मजदूरकाे ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा कावासोती-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामी रहेकाे जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएकाे छ ।

कल्भटमुनी बेस बनाउँदै गर्दा ४ मिटर माथिबाट खसेको माटोको ढिस्कोमा उनीहरु पुरिएका थिए । गम्भीर घाइते भएका सेती र तानमायाकाे अस्पताल लैजाँदै गर्दा बाटाेमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ । चमेलीकाे भने पुरिएकाे अवस्थामा शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।

घटनापछि आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ताेडफाेड गरेका थिए ।

प्रतिकृया दिनुहोस