• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दक्षिणकालीको केराबारी खाेँचमा दुईवटा शव भेटियो 

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारी खोँचमा दुई जनाको शव फेला परेको छ । 

नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार एक महिला र एक पुरुषको शव फेला परेको हो । घटनास्थल नजिकैबाट प्रहरीले वाग्मती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला पारेको छ ।  

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिकृया दिनुहोस