मकवानपुरको भीमफेदीमा जिप दुर्घटना, तीन जनाको ज्यान गयो
काठमाडौं । मकवानपुरको भीमफेदीमा कार दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
बुधबार अपराह्न भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको कार दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा ६ च –९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसी सो दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–८ बेलुवाका २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता नेपाली रहेका छन् । एक जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस