चितवनमा चार वटा गाडी ठोक्किँदा एक जनाकाे ज्यान गयाे, २३ घाइते
काठमाडाैं । चितवनस्थित नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलोमा चार वटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक जनाको ज्यान गएकाे छ ।
आइतबार राति बा ४ ख ९०८६ नम्बरको बस, ना ३ ख ७९१५ नम्बरको ट्रक, ना ७ ख ३२४८ नम्बरको बस र ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा एक जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । उनकाे सनाखत हुन बाँकी छ ।
दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेकाे छ ।
घाइते भएकाहरुकाे नामावली
१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने बर्ष २८ को सुधन के.सी.। अवस्था मध्यम।
२. जि.प्युठान प्युठान न.पा.१० बस्ने बर्ष ३६ को निरज के.सी.। अवस्था मध्यम ।
३. जि.प्युठान मलारानी गा.पा २ बस्ने बर्ष ३६ की निर्मला भुषाल, अवस्था गम्भीर।
४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने बर्ष २५ को सुरज सुनार। अवस्था मध्यम (उनी प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको)
५. जि.अर्घखांची सितगंगा न.पा.८ बस्ने वर्ष २९ की पबित्रा दर्लामी, अवस्था सामान्य।
६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने वर्ष २८ को पुरन गिरी, अवस्था मध्यम।
७ जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २० को समिर केएम, अवस्था मध्यम।
८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३६ को तारापती बुढाथोकी, अवस्था मध्यम।
९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३५ की मुनादेवी बुढाथोकी, अवस्था मध्यम।
१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने वर्ष ५६ की मनदेवी थापा, अवस्था गम्भीर।
११. जि.प्युठान बस्ने वर्ष ६० को पदम थापा, अवस्था सामान्य।
१२. जि.प्युठान प्युठान न.पा १० बस्ने वर्ष २१ को सुशिल के.सी., अवस्था मध्यम।
१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने वर्ष वर्ष १७ की प्रतिभा भण्डारी, अवस्था मध्यम।
१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष १८ की सलिसा थापा, अवस्था मध्यम।
१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने वर्ष ३८ को प्रकास के.सी., अवस्था मध्यम।
१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष ५३ की पार्वता के.सी, अवस्था मध्यम।
१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने वर्ष ३२ को गौरव झाक्री, अवस्था गम्भीर।
१८. जि.प्युठान गौमुखि गा.पा ३ बस्ने वर्ष २९ को दिपक सुनार, अवस्था सामान्य।
१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ वस्ने बर्ष ४९ लाम बहादुर दर्लामी, अवस्था मध्यम।
२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २५ को सन्तोष के.सी., अवस्था गम्भीर ।
२१. ट्रक सह-चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने वर्ष २१ को राजन सुबेदी, अवस्था गम्भीर।
२२.मृतक हाल नामथर वतन नखुलेको वर्ष अन्दाजी १६/१७ को किशाेर ।
२३.ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने वर्ष २६ को सुवास कार्की, अपस्था सामान्य । उपचारपछि प्रहरी नियन्त्रणमा।


प्रतिकृया दिनुहोस