• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ३० हजार ठगी, एक जना पक्राउ

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेका प्रहरीले जनाएकाे छ । पासवानले कटहरी-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रतिकृया दिनुहोस