• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पेस्तोलसहित सप्तरीबाट दुई जना पक्राउ

सनराइज खबर संवाददाता

काठमाडाैं । पेस्ताेलसहित सप्तरीकाे खडक नगरपालिका-८ भदियाबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई शुक्रबार राति पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड र म्यागजिन २ थानसहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस