• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ट्रकसँग ठाेकिएर पर्यटक बस दुर्घटना, ३३ घाइते

रासस

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आएकाे बा१प ७८३ नं को पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो ।

ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान लागकाे बताइएकाे छ । 
 

प्रतिकृया दिनुहोस