• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे, १३ घाइते

खबर स‌ंवाददाता

काठमाडाैं । पाल्पामा बलेरो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित दुई जनाको ज्यान गएकाे छ ।

बुधबार राति लु १ ज ३३२४ नम्बरको बलेरो जीप निस्दी-४ लामेदमार नजिक दुर्घटना हुँदा साेही ठाउँका ६ वर्षीय बालक राजीव सुनारी र २० वर्षीय तेजन सोमैको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन् ।  घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।  नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ जाँदै गर्दा जीप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा घाइते भएका निस्दी-४ की २७ वर्षीया धामिसरा सुनारी, २८ वर्षीय कुसुम सारु थापा र ७४ वर्षीय माया ख‌ड्काको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएका गाडी चालक २८ वर्षीय नुरेस खाम्चा, २४ वर्षीय ईसानी गाहा, उनकी छोरी १ वर्षीया सहिरा गाहा, ४० वर्षीया गरीमा मश्रांगी, २० वर्षीय हिरा खड्‌का, ४३ वर्षीया बनि सुनारी, ३१ वर्षीय सुरबहादुर सोमई, कुसुम सारु थापाकी साढे २ वर्षीया छोरी मनिका सारु, १७ वर्षीया हेमसरी घर्ती र ६६ वर्षीया खुम बहादुर सोतीपनि घाइते भएका छन् । उनीहरुकाे अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरुको नवलपुरको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस