• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चट्याङ लागेर एकजनाको गयाे ज्यान

समाचार

गलकोट (बागलुङ) ।  ढोरपाटनमा चट्याङ लागेर एकजनाको ज्यान गएकाे छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

–रासस
 

प्रतिकृया दिनुहोस