हेलिकप्टरबाट फौज लगेर किमाथांकामा सशस्त्रको पोष्ट
काठमाडौं । संखुवासभाको किमाथांका नाकामा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना भएको छ ।
भोटखोला गाउँपालिका–१ स्थित किमाथांकामा स्थापना भएको बोर्डर आउट पोष्ट उत्तरी सीमानामा स्थापना भएको शसस्त्र प्रहरीको पहिलो पोष्ट हो । बोर्डर आउट पोष्ट स्थापनाको लागि पूर्व क्षेत्रबाट इन्सपेक्टरको कमाण्डमा सोमबार शसस्त्र प्रहरी टोली किमाथांका लगिएको शसस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।
मंगलबार पूर्व क्षेत्र शसस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति डिआईजी नगेन्द्र बहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन दुलालले सो बिओपीको उद्घाटन गरे ।
जिल्ला सदरमुकामा खाँदबारिबाट एक सय १० किलोमिटर ढाटा रहेको नेपाल चीन सिमानामा बिओपी (बोर्डर आउट पोष्ट) राख्नका लागि २ तले घर भाडामा लिइएको छ । किमाथांकाको बिओपी नेपाल–चीन सिमानाको १ किलोमिटर दूरीमा रहेको शसस्त्र प्रहरी बलले जनाएको छ।
किमाथांकासँगै देशभर सशस्त्र प्रहरीको बिओपी संख्या एक सय १२ पुगेको छ ।


प्रतिकृया दिनुहोस