• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

फेवातालमा डुंगा दुर्घटना, सशस्त्र प्रहरीद्वारा पाँच जनाको सकुशल उद्धार

खबर स‌ंवाददाता

काठमाडाैं । कास्कीको पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएकाे छ ।

मंगलबार दिउँसो फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हाे । अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना  फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । 

दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो ।

प्रतिकृया दिनुहोस