• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सिन्धुपाल्चोकमा जन्ती बोकेको गाडी दुर्घटना, तीन जनाको घटनास्थलमा नै ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । 

दोलखाबाट जन्ती लिएर जाँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा बिहान सात बजेतिर दुर्घटनामा परेको हो । 

५५ जना जन्ती बोकेर गएको गाडीमा रहेको ५२ जना घाइते भएका छन् । सो दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाइएको छ । मृतकको पहिचान खुलेको छैन । 

प्रहरीका अनुसार गाडी ठुलो भिरबाट खसेको र भौगोलिक अवस्था कठिन भएकाले उद्धार कार्यमा समस्या भएको छ । बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको ५ । 

प्रतिकृया दिनुहोस