बसभित्रै अश्लिल भिडीयो बनाउने युवक पक्राउ
काठमाडौं । सार्वजनिक बसमा अश्लिल भिडीयो बनाइ इन्टरनेटमा अपलोड गर्ने रवीन रुचल (सार्की) लाई प्रहरीले पक्राउ गरेको छ । ०७५ मंसिरमा लगनखेल हुँदै काठमाडौंको ढल्कु रुटमा चल्ने सार्वजनिक बसमा ती युवाले हस्तमैथुन गर्दै भिडीयो बनाएका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई सोमबार चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
ती युवा चितवनकै स्थानीय भएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
गाडीको पछिल्लो सिटमा बसेर हस्तमैथुन गरेको र अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्य खसालेको भिडीयो एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
अश्लिल भिडीयो सार्वजनिक भएसँगै ठुलो बहस भएको थियो । महिला अधिकारकर्मीहरुले प्रहरीलाई दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन माग गरेका थिए ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनकि गरिने अपराध महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस