महिलालाई दुर्व्यवहार गर्ने मिलन पक्राउ
ललितपुर । सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान ५ः४५ मा लगनखेलबाट न्युरोड जाने क्रममा कपडाको व्यापार गर्दै अएकी महिलालाई रिद्दीसिद्दी यातायातको बा२ख ९३२४ नम्बर भएको बसका ड्राइभरले दुर्व्यवहार गरेका हुन् ।
ती महिला मात्र बसमा रहेको बेला दुर्व्यवहार गर्ने ड्राइभर उदयपुरको कटारी–५ घर भइ सानोठिमी बस्दै आएका २५ वर्षिय मिलन दाहाल रहेको प्रहरीले जनाएको छ ।
मिलनलाई महानगरीय प्रहरी प्रभाग ललितपुरको टोलीले ढल्कुबाट पक्राउ गरेको हो ।
पीडित महिलाको उजुरीको आधारमा आजै जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिइ उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस