• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आगो निभाउने क्रममा घाइते भएका तीन जना सैनिकको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । डोल्पा दुनैको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टामा लागेको डढेलो नियन्त्रणको क्रममा घाइते भएका तीन जना सैनिकको ज्यान गएको छ । 

भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका चार जना मध्ये तीन जनाको ज्यान गएको हो । आगलागीमा परि घाइते भएका जुम्लाको तातोपानी गाउँपालिका–४ स्थायी घर भई देवीदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावत सोमबार ज्यान गएको थियो । सोही गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको मंगलबार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

सोमबार देवीदत्त गुल्ममा कार्यरत नेपाली सेनाका १६ जनाको टिम आगो निभाउन गएको थियो । आगो निभाउने क्रममा उनीहरू घाइते भएका हुन् । घाइते एक जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रतिकृया दिनुहोस