• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता

खबर स‌ंवाददाता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका इन्टरनेशनल मिलिटरी को-अपरेशन अफिसका उपप्रमुखबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मा र उपप्रमुख मेजर जनरल चाङ पाओछुनबीच आइतबार भेटवार्ता भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जंगी अड्डामा भएकाे भेटवार्तामा उहाँहरुबीच दुई देशका साथै नेपानी सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध तथा आपसी हित र चासाेका विषयमा छलफल भएकाे थियाे ।

पाओछुन नेतृत्वकाे टाेली नेपाल भ्रमणका लागि शनिबार काठमाडाैं आएकाे थियाे । पाओछुन नेतृत्वको टोलीमा अन्य वरिष्ठ कर्नेलहरु पेइलिङ सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ सहभागी हुनुहुन्छ ।

टोलीले काठमाडौं, लुम्बिनी तथा पोखरा भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस