नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रका स्तम्भहरुको अनुगमन गरिँदै
विराटनगर । भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न क्षेत्रमा रहेका सीमा स्तम्भहरुबारे अध्ययन गर्न थालिएको छ ।
यसका लागि सुरक्षा निकायका अधिकारीहरु सहितको टोलीले सीमा क्षेत्र भ्रमण सुरु गरेको छ ।
जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा पाँच दिने सीमा पैदल यात्रा तथा अन्र्तक्रिया पनि गर्न थालिएको छ ।
भारतसँग सीमा जोडिएको सुनसरीको ६१.९ किलोमिटर क्षेत्रको अनुगमन थालिएको हो ।
सीमा पैदल यात्राका क्रममा प्रारम्भिक चरणमा सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेवगञ्ज र सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीमा अन्तरक्रिया गरिएको छ ।
त्यसक्रममा सीमासँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दलक स्थानीय नेतासहित उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सुनसरीका प्रदेश सांसद इस्राइल मन्सुरी, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल बल नेपाल नम्बर एक बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल सहभागी रहेको थियो ।
त्यसैगरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, सीमास्थित सशस्त्र प्रहरी बलका अधिकारी, नेपाल प्रहरीका युनिटका प्रमुखहरू, स्थानीयबासी, बुद्धिजीवी, समाजसेवीहरूको पनि सहभागिता थियो ।


प्रतिकृया दिनुहोस