सर्लाहीमा स्कर्पियो दुर्घटना, एकको निधन
सर्लाही । हरिपुर नगरपालिकामा स्कर्पियो दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा मंगलबार बिहान स्कर्पियो पल्टिँदा ३८ वर्षीय भारतीय नागरिक प्रमोद सदाको घटनास्थलमै निधन भएको हो । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६पीडी३६३७ नम्बरको स्कर्पियो सडकमा हिडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उनका एक वर्षीय छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक हरिवन नगरपालिका–४ का ३० वर्षीय मोहम्मद रफतात घाइते भएका छन् । उनीहरुकाे नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम शाहले जानकारी दिए ।


प्रतिकृया दिनुहोस