• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मृतकका नाममा भत्ता खाने गाविस सचिव विरुद्ध मुद्दा

सनराइज खबर संवाददाता

काठमाडौं । मृतकका नाममा भत्ता खाने गाविस सचिव राजेन्द्र महतो नुनिया विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जयमंगलापुर गाविसका सचिव राजेन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । उनले सामाजिक सुरक्षा भत्ता कोषको ५५ हजार भन्दा बढी हिनामिना गरेको आराेप छ । उनले मृत्यु भइसकेको व्यक्तिको नाममा समेत भत्ता वितरण गरेको आयोगले जनाएको छ ।

आयोगले उनी विरुद्ध ६ महिना देखि एक वर्षसम्म कैद  र पचास हजार रुपैयाँसम्म जरिवाना माग गरेको छ ।

प्रतिकृया दिनुहोस