पर्सामा भेटियो नक्कली भारतीय नोट
काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले नक्कली भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने रियाज देवान रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज–८ बसपार्क स्थित होटल शाह प्याराडाइजमा चेकजाँच गर्दा रियाजको साथबाट दुई हजार दरका तीन थान नक्कली भारतीय नोट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिकृया दिनुहोस