सशस्त्र प्रहरीमा २८८ जनाका लागि जागिर खुल्यो (सूचनासहित)
काठमाडाैं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २ सय ८८ जनाका लागि जागिर खुलेकाे छ ।
सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २ सय ८८ जना भर्नाका लागि शुक्रबार दरखास्त आह्वान गरेको हाे ।
९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कुचीकार, ४ जना सुचीकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र ३ जना परिचर आवश्यक परेको सूचनामा उल्लेख छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी माघ १० गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म पनि फारम बुझाउन सकिनेछ ।
उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएकाे छ ।



प्रतिकृया दिनुहोस