• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

घरधनीले भाडामा बस्‍नेको विवरण प्रहरीमा बुझाउनुपर्ने

सनराइज खबर संवाददाता

काठमाडौं । धरधनीले भाडामा बस्‍नेको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने भएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

काठमाडौं लगायतका शहरी क्षेत्रका भाडामा बस्‍नेले घर छाडेर गएको विवरण पनि प्रहरीलाई दिनुपर्ने छ । 

मन्त्रालयको निर्णय अनुसार घरधनीले भाडामा बस्‍नेको परिचय खुल्ने कागजपत्र सहितको विवरण स्थानीय प्रहरी इकाईमा दिनुपर्ने छ ।  व्यक्तिगत तथा संस्थागत रुपमा घर भाडामा लिनेको विवरण बुझाउनुपर्ने छ । प्रहरीले सो विवरण अभिलेखका रुपमा राख्‍नेछ । 

पछिल्लो समय काठमाडौं लगायतको क्षेत्रमा घर भाडामा लिइ अपराधिक गतिविधि बढेको भन्दै सो को नियन्त्रण गर्न गृह मन्त्रालयले यस्तो निर्णय गरेको बताइएको छ ।

हालसालै बैंकिङ कसुरमा संलग्‍न चिनियाँ समूहले घर भाडामा आफ्ना गतिविधि बढाएको पाइएको थियो । 

यस्तै अन्य घटनामा पनि घरभाडामा लिइ त्यसको दुरुपयोग गर्दै आर्थिक तथा साइबर अपराध, यौनजन्य क्रियाकलाप र विस्फोटक पदार्थहरुको भण्डारण गर्ने गरेको पाइएको हो । 

यी गतिविधिहरुले देशको सुव्यवस्थामा गम्भीर असर परेको भन्दै यसलाई नियन्त्रण गर्नकाे लागि याे निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस