• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रौतहटबाट आधुनिक हतियार बरामद

खबर स‌ंवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

रौतहटकाे यमुनामाइ नगरपालिका-३ स्थित एक घरबाट इन्टेलिजेन्स ब्यूरोले आज ९ एमएम पेस्तोल ३ नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, ६ थान म्याग्जिन र १ थान एयर गन बरामद गरेकाे हाे ।

हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएकाे ब्यूरोकाे टाेली सो घरमा खानतलासी गर्दा हतियार बरामद गरेकाे हाे । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । हतियार बरामदपछि स्थानीयले ढुंगामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको छ ।

सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस