• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रहरी कार्यालयको चौथो तलाबाट हाम फाले क्षितिजले

सनराइज खबर संवाददाता

काठमाडौं । २२ वर्षिय युवाले प्रहरी कार्यालयको भवनबाट चौथो तलाबाट हाम फालेका छन् ।

क्षितिज धिमाल नाम गरेका युवाले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको भवनको चौथो तलाबाट हाम फालेका हुन् । घाइते क्षितिजको ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मान्छे भेट्न भन्दै आएका उनी कसैले थाहा नपाउने गरी भवनको चौथो तल्ला पुगेर हाम फालेको बताइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस