काठमाडौंमा बिहानै दुर्घटना, एकजनाको निधन
काठमाडौं । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गुर्जुधारामा एकजनाको निधन भएको छ । मंगलबार बिहान पाँच बजेतिर भएको सो दुर्घटनामा मोटरसाइकलमा सवार अर्जुन बहादुर केसीको निधन भएको हो ।
प्रदेश ३ को ७६२१ नम्बरको मोटरसाइकलमा सवार केसी आफ्ना छोरा अर्पणको साथमा थिए । १० कक्षामा पढ्ने छोरालाई भने कुनै चोट लागेको छैन ।
४४ वर्षीय स्वर्गीय केसी केही महिना पहिले वैदेशिक रोजगारबाट फर्किएका थिए । अब विदेश जान्न भनेर स्वदेशमै कुनै उद्यम गर्ने प्रयासमा थिए । उनी चन्द्रागिरी क्षेत्रमै बसोबास गर्थे ।


प्रतिकृया दिनुहोस