प्रधानसेनापति शर्मा स्वदेश फिर्ता
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किनुभएकाे छ ।
पाँचदिने भारत भ्रमण पूरा गरी प्रधानसेनापति शर्मा बिहीबार स्वदेश फर्किनुभएकाे हाे । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत सरोजप्रताप राणाले स्वागत गर्नुभयाे ।
भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा नयाँदिल्लीमा असाे ८ देखि १० गतेसम्म सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिन उहाँ असोज ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस