त्रिभुवन विमानस्थलबाट करिब १ किलो सुन बरामद, तीन जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ ।
विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएकाे छ । हिमालय एयरलाइन्सको उडानमा दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसमेत ३ जनालाई प्रहरीले सुनसहित पक्राउ गरेकाे छ ।
दुबईबाट सुन ल्याउने दाेङ र सुन व्यवस्थापनका लागि खटिएका अन्य २ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ । दाेङसँग सम्पर्कमा रहेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेपछि अन्य २ जनालाई पनि पक्राउ गरिएकाे छ ।


प्रतिकृया दिनुहोस