• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काठमाडौं-तराई-मधेश द्रुतमार्गको भौतिक प्रगति २६.१४ प्रतिशत

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपाली सेनाले काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको छ । 

सेनाले आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म द्रुत मार्गको करिब ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको र हालसम्म निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको हो ।

आयोजनाको समष्टिगत वित्तिय प्रगति मोविलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजना अन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्बाई ६ दशमलव ४१५ मिलोमिटर मध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।

खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरि सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने सुरु गर्ने गरि तयारी अवस्थामा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिनुभयो ।

सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले जनाएको छ । 

प्रतिकृया दिनुहोस