• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सुन तस्करी काण्ड : थप एक जना पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं  । सुन तस्करी काण्डमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर रहेका प्रहरीले जनाएकाे छ । सफरलाई बिहीबार साँझ पक्राउ गरिएकाे हाे ।

याेसँगै ६१ किलाे सुन तस्करी काण्डमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । साे सुन पछि ब्रेक सु लागयत कभर हटाएर जाेख्दा ६१ किलाे भएकाे थियाे ।

प्रतिकृया दिनुहोस