चीनको तिब्बत मिलिट्री कमाण्डका मेजर जनरल यु एन दे नेतृत्वको टोली आज नेपाल आउँदै
काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ ।
चीनको तिब्बत मिलिट्री कमाण्डका मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।
तीन दिने औपचारिक भ्रमणका लागि चिनियाँ सेनाको टोली काठमाडौं आउन लागेको नेपाली सेनाले जनाएको छ ।
चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने कार्यक्रम छ ।
भेटमा दुई देशबिचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस