अवैध औषधिसहित झापाबाट तीन जना पक्राउ
झापा । अवैध औषधिसहित झापाबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने २६ वर्षीय दिपेश खड्का, दमक-६ बस्ने ३३ वर्षीय रोशन कुमार साह र इलाम घर भइ दमक-८ बस्ने सञ्जिव सुवेदी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
दमक-७ मा बिना इजाजत औषधिहरु बिक्री वितरण भइरहेकाे भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टाेलीले ८ हजार ५६० क्यापसुल ट्रामाडोल, ७ हजार ट्याबलेट स्पास्पेसहित उनीहरुलाई साउन १९ गते पक्राउ गरेकाे हाे । प्रहरीले उनीहरुले प्रयोग गरिरहेको प्र १-०१-०१२ प ८५३५ नम्बरको स्कुटी समेत नियन्त्रणमा लिएकाे छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस