• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

धनुषा बम विष्फोट : इन्सपेक्टर सहित तीनजनाको निधन

राजेश भण्डारी

काठमाडौं । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विष्फोटमा घाइते भएका प्रहरी इन्सेक्टर अमिरकुमार दाहालको निधन भएको छ । 

दाहालको उपचारको क्रममा वीपी कोइराला अस्पताल धरानमा निधन भएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी प्रधुम्नकुमार कार्कीले जानकारी दिए । 

शुक्रवार मध्यरात महेन्द्रनगर बजारबाट उत्तरपूर्वमा पर्ने कुचाई टोल स्थित राजेश साहको घर बाहिर राखेको बम विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको निधन भएको थियो । 

राजेश शाह शौच गर्न निस्केको बेला बम देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्नासाथ बम विष्फोट भएको थियो । 

विष्फोटमा परेर एक प्रहरी जवान, राजेश शाहका एक छोरी र एक छोरा घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । 

विष्फोट भएको ‘टाईम बम’हुनसक्ने डिआईजी कार्कीले बताए । उनले घटनाको गहिरो अनुसन्धान भइरहेको भन्दै नेपाल प्रहरीले एक इमानदार, कर्तव्यपरायण सदस्य गुमाएको बताए । 
 

प्रतिकृया दिनुहोस